प्रचण्ड र बाबुरामविरूद्ध ‘युद्ध अपराध’ सम्बन्धी रिट दर्ताकाे बाटाे खुल्याे – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्रचण्ड र बाबुरामविरूद्ध ‘युद्ध अपराध’ सम्बन्धी रिट दर्ताकाे बाटाे खुल्याे

    मा प्रकाशित

रदाङ, २६ जेठ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतविरुद्ध ‘युद्ध अपराध’ सम्बन्धी रिट दर्ताकाे बाटाे खाेलेकाे छ । प्रधानमन्त्री प्रचण्ड पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको हाे ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजालासले शुक्रबार उक्त रिट निवेदन दरपिठ गर्ने सर्वोच्च अदालत प्रशासनको निर्णय खारेज गरेको निवेदक लेनिन बिष्टले जानकारी दिए । योसँगै तत्कालीन विद्रोही नेता प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरूद्ध ‘युद्ध अपराध’ सम्बन्धी रिट दर्ताको बाटो खुलेको हो ।

‘बाल सेना प्रयोग गरेर युद्ध अपराध गरेको भन्ने हामीले दायर गर्न खोजेको रिट निवेदन दरपिठ गर्ने निर्णय खारेज भएको छ’ उनले भने, ‘अब आइतबारसम्ममा रिट निवेदन हाल्नेछौं ।’

बाल सेना प्रयोग गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले युद्ध अपराध गरेकाले तुरुन्तै प्रचण्डलाई प्रधानमन्त्री पदबाट मुक्त गर्नुपर्ने माग राख्दै सर्वोच्चमा रिट निवेदन दिइएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्