ओली —प्रचण्डबिच ३ घण्टा छलफल, भएन ठोस सहमति – Kanika Khabar
Friday, April 26Nepali News Portal

ओली —प्रचण्डबिच ३ घण्टा छलफल, भएन ठोस सहमति

    मा प्रकाशित

कनिका खबर
असार २३, काठमाडौँ ।

नेकपाभित्रको विवाद मिलाउने गृहकार्य जारी रहेको छ । दुई अध्यक्षबिचको भेटघाट पनि बाक्लिैदै गएको छ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज मंगलबार भएको भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटघाटमा झण्डै ३ घण्टा छलफल भएको हो ।
३ घण्टा लामो छलफल भए पनि दुई अध्यक्षबीच कुनै ठोस सहमति नभइसकेको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्रीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन नेताहरुले स्थायी कमिटी बैठकमा कुरा उठाएपछि उत्पन्न विवाद समाधानका लागि बैठक रोकेर दुई अध्यक्षले छलफल थालेका थिए ।

प्रचण्ड र माधवकुमार नेपाल पक्षले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्नुपर्ने माग गरेका छन् । तर प्रधानमन्त्री ओलीले दुबै पद नछाड्ने अडान लिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्