चिनियाँ राजदूत र नेकपा नेता खनालबीच भेटघाट – Kanika Khabar
Saturday, March 15Nepali News Portal

चिनियाँ राजदूत र नेकपा नेता खनालबीच भेटघाट

    मा प्रकाशित

कनिका संवाददाता
असार २३, काठमाडौं ।

नेपालको आन्तरिक राजनीतिक मामलामा चीनको हस्तक्षेप बढेको चर्चा चलिरहेको बेला चिनियाँ राजदूत र नेकपा नेता झलनाथ खनालबीच भेटघाट भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता खनालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गर्नुभएको हो । पार्टीभित्रको सत्ता संघर्षमा पद त्यागको दबाब खेपिरहनुभएका प्रधानमन्त्री केपी ओलीको विपक्षमा रहेका नेताहरुसँग राजदूत होउले लगातार भेटघाट गरिरहनुभएको छ ।

यसअघि सोमबार उहाँले नेकपाका अर्का नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालसँग पनि भेटवार्ता गर्नुभएको थियो । खनालसँग भेटवार्ता गर्न राजदूत होउ बिहान खनाल निवास डल्लु पुग्नुभएको थियो । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको छ । दुबै पक्षले भेटमा भएको विषयवस्तु बारेमा सार्वजनिक नगरे पनि राजदूत होउले नेकपा भित्रको शक्ति संघर्षमा चासो राखेको दाबी गरिएको छ । नेकपाभित्र विवाद बढेको बेला चिनियाँ राजदूत होउको बढ्दो सक्रियतालाई विश्लेषकहरुले नेपालको आन्तरिक राजनीतिमा चीनको दबदबाका रुपमा अथ्र्याएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्