बाढी पहिरोमा परेकालाई युद्धस्तरमा उद्दार गर्न काँग्रेसको माग – Kanika Khabar
Friday, April 26Nepali News Portal

बाढी पहिरोमा परेकालाई युद्धस्तरमा उद्दार गर्न काँग्रेसको माग

    मा प्रकाशित

कनिका संवाददाता
असार २५, काठमाडौं

सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिप्रति नेपाली काँग्रेसले पनि दुःख व्यक्त गरेको छ । काँग्रेसले यस स्थितिमा तत्काल युद्धस्तरमा उद्दारको कार्य गर्न सरकार समक्ष माग गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न आग्रह गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्दै देउवाले सिन्धुपाल्चोकका नेपाली काँग्रेस कार्यकर्तालाई तत्काल उद्धारमा खटिन निर्देशन समेत दिनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्