देशका विभिन्न स्थानमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह – Kanika Khabar
Friday, April 26Nepali News Portal

देशका विभिन्न स्थानमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

    मा प्रकाशित

कनिका खबर
असार २६, दाङ ।
पछिल्लो अवस्थामा अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा जोखिम बढ्दै गएको छ । बढ्दै गएको जोखिमप्रति सतर्कता अपनाउन सरकारले सबैमा अनुरोध छ । त्यस्तै जोखिममा परेकालाई उद्धारका लागि आइ अलर्ट रहन निर्देशन दिइएको छ । नेपाली बाढी सुचना पेजका माध्यमबाट जोखिम क्षेत्र र भारी वर्षाका क्षेत्रको जानकारी दिइ“दै आएको छ ।
आज बिहान ७ बजेको सुचना अनुसार पछिल्लो ६ घण्टामा प्रदेश २, गण्डकी र प्रदेश ५ को धेरै स्थानमा भारी बर्षा हुने मापन गरिएको जानकारी दिइएको छ । अर्को ६ घण्टा पनि प्रदेश ५ को, २, र १ को तराईको धरै स्थानमा मध्ययम तथा भारी बर्षा हुन सक्ने पूर्वानुमान रहेकाले प्रदेश १, २ ,५ भई बहने केही साना नदीमा खतरा तह आसपासको बाढीको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
त्यस्तै बिहान ५ः२०को अपडेट अनुसार नारायणी जलाधारको नबलपरासी, चितवन, तनहुँ, कास्की, गोरखा, लमजुङ, स्याङजा, पर्वत, गुल्मी र आसपास २४ घण्टामा भारी बर्षाको मापन गरिएको छ । नारायणीमा जलसतह बढ्दो भएकाले जलसतह सतर्कता आसपास पुग्न सक्ने खतरा रहेको भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यसैगरी बिहान ४ बजेको सतर्कता सुचना अनुसार चितवन जिल्ला माडी क्षेत्रको बनकट्टा, कल्याणपुर र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षामापन भएको जनाइएको छ । रिउखोलामा जलसतह सतर्कता आसपास पुग्न सक्ने, माडी नगरपालिका रिउखोलाको नदीतटीय क्षेत्रमा विहान ९ बजेसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ ।
त्यस्तै आज बिहान ४ बजेकै अपडेटमा पछिल्लो ३ घण्टामा बर्दियाको गुलरिया, बाँकेको कोहलपुर, नेपालगञ्ज, ढेकेरी, दाङको दक्षिणी भाग, नवलपरासीको परासी, बर्दघाट, डण्डा बजार, चितवनको माडी क्षेत्र र आसपास भारी बर्षा मापन भएकोले उक्त जिल्लाका डुबान भइरहने होचा स्थान र साना नदीतटीय क्षेत्रमा रहनेहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बिहान २ बजेदेखि सतर्कता अपडेट गरिएको छ । बिहान २ बजेको सुचना अनुसार कञ्चनपुरको शान्तीपुर बेलौरी र आसपास ३÷४ घण्टामा भारी वर्षा रहेको जनाइएको छ । साथै थप बर्षा हुने देखिएकोले स्यउली,चौधर लगायत कञ्चनपुर भई बहने साना नदीमा खतरा तहको बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्