कनिका खबर
असार २७, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार कोरोना भाइरस कोभिड १९० को सङ्क्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं महानरपालिका १० शङ्खुलका ६० वर्षका पुरुष, गोकर्णेश्वर ४ का ४५ बर्षका पुरुष र सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षका पुरुषको मृत्यु भएको हो । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित जानकारीका क्रममा उनीहरुको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ३ हजार ६ सय ४८ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २८ जिल्लामा संक्रमित भेटिएका छन् ।
सबैभन्दा धेरै सिन्धुपाल्चोक र दाङमा ५ ÷ ५ जना सङ्क्रमित थपिएका छन् । यस्तै सुनसरी, उदयपुर, स्याङजा, तनहुँ र कञ्चनपुरमा ४ ÷ ४ जना, काठमाडौं, मोरङ, धादिङ, सर्लाही, बाग्लुङ र सुर्खेत मा ३ ÷ ३ जना र झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा २ ÷ २ जना सङ्क्रमित थपिएका छन् । यस्तै सिराहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछामका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय ३१ जना डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको संख्या ८ हजार ४४२ पुगेको छ ।
मा प्रकाशित