बालमैत्री समाज निर्माण गरौँ – Kanika Khabar
Sunday, September 15Nepali News Portal

बालमैत्री समाज निर्माण गरौँ

    मा प्रकाशित

कनिका खबर
असार २७, दाङ ।

शान्ति सेवा केन्द्रका संंयोजक कृति गिरी योगीले बालमैत्री समाज निर्माणका लागि अभिभावकले भूमिका खेल्नुपर्ने बताएकी छिन् ।

बालमैत्री वातावरण भएमा मात्र बालबालिकाहरुलाई सही मार्गमा लगाउन सकिने उनको भनाई थियो । सामाजिक तथा आर्थिक रुपान्तरणका लागि युवा समूहले आयोजना गरेको अनलाइन कार्यक्रममा ‘बालबालिकाहरुसँगै बाँच्न सिक्ने कला’ विषयक अन्तत्र्रिmया कार्यक्रममा यस्तो बताएकी हुन् ।

बालबालिकाहरुलाई अरुको संस्कृतिसँग रमाउने वातावरण सिर्जना गर्न सक्नुपर्ने उनले बताएकी थिइन् । यसले सबै बालबालिकाहरु एक आपसमा सहज रुपमा घुममिल हुनसक्ने उनले बताइन् । बालबालिकहरुमा रहने अहमता, जिद्दीपना हटाउन अभिभावकले चासो दिनुपर्ने गिरीले बताइएकी थिइन् ।

‘सबैले सबैलाई सम्मान गर्ने वातावरण निर्माण गर्न लाग्नुपर्दछ’ गिरीले भनिन् । यसले समाजमा सबैको सम्मान हुने उनको भनाई थियो । कार्यक्रममा ३० जना बालबालिकाको सहभागिता थियो । कार्यक्रम बालबालिका लक्षित रहेको थियो । कार्यक्रमको संयोजन इश्वर बस्नेत र सहजीकरण गणेश न्यौपानेले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्