सर्वोच्चद्वारा एन्फाको नाममा कारण देखाउ आदेश – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सर्वोच्चद्वारा एन्फाको नाममा कारण देखाउ आदेश

    मा प्रकाशित

कनिका खबर
असार २९, काठमाडौँ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को नाममा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । अधिवक्ता सुजित केसीले दायर गरेको एन्फाविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले एन्फाको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता केसीले गत असार २२ गते सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । केसीले एन्फासहित अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रवक्ता किरण राई गरी तीनलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गराएका थिए । न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले आदेश जारी हुनु नपर्ने आधार र कारणको लिखित जवाफ १५ दिनभित्र पेश गर्न भनेको छ । रौतहटको महिला फुटबल एकेडेमी गैरकानुनी रुपमा निर्माण गरिएको र त्यस मुद्दा विचाराधीन अवस्थामा रहेपनि एन्फा र पदाधिकारीले अदालतको आदेशलाई अवहेलना गरेको कारण मुद्दा दर्ता गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्