तेश्रो खुमबहादुर खड्का भलिबल प्रतियोगिता सुरु – Kanika Khabar
Sunday, May 5Nepali News Portal

तेश्रो खुमबहादुर खड्का भलिबल प्रतियोगिता सुरु

    मा प्रकाशित

घोराही, २० फागुन ।

घोराहीमा तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा पालिकास्तरीय भलिबल प्रतियोगितामा बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिकाको भलिवल टिमले बिजयी सुरुवात गरेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा तुलसीपुुर उपमहानगरपालिकाको टिमलाई २–० को सोझो सेटमा हराउँदै बंगलाचुली गाउँपालिकाले बिजयी सुरुवात गरेको हो । वेष्ट अफ थ्रीको सेटमा भएको खेलमा लगातर १९–२५ र २४–२६ को सेटमा बंगलाचुली बिजयी भएको हो ।

त्यसैगरी दोश्रो खेलमा घोराही उपमहानगरपालिका बिजयी भएको छ । घोराहीले शान्तिनगरलाई २–१ को सेटमा पराजित गर्दै बिजयी सुरुवात गरेको हो । कडा प्रतिष्पर्धात्मक भएको खेलमा घोराहीको टिम २३–२५, २५–१४ र ११–१५ को सेटमा बिजयी हुन सफल भएको थियो । आइतवारदेखि शुरु भएको प्रतियोगिता फागुनको २५ गतेसम्म सञ्चालन हुनेछ । घोराही समन्वय समितिअन्तर्गत रहेको सहिद मन्चमा भईरहेको प्रतियोगितामा जिल्लाका ९ वटा पालिकाको सहभागीता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले उपाधिसँगै नगद दुई लाख पच्चिस हजार रुपैयासहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी द्वितिय हुने टिमले १ लाख २५ हजार, तृयिय हुने टिमले नगद ५० हजार र सान्तोना हुने टिमले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । गत वर्ष घोराही उपमहानगरपालिकाले उपाधि जितेको थियो ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले भलिबल खेलकुदको विकासका लागि दाङ कांग्रेसले थालनी गरेको प्रयास सराहनीय भएको भन्दै प्रतियोगिताले समग्र खेलकुद क्षेत्रको विकासका लागि भूमिका खेल्ने बताउनुभयो । स्वास्थ्यसँगै अनुसाशनका दृष्टिले महत्वपूर्ण खेलकुदबाट राजनीतिमा लगेका नेताहरुले सहयोग र समन्वय सिक्न सकेत राजनीतिक रुपमा सफल भइने बताउनुभयो ।

मुख्यमन्त्री चौधरीले भन्नुभयो,‘खेलाडीहरुमा एकता, समन्वय र सहयोग भएमा मात्र खेल जित्न सकिन्छ । त्यो राजनीतिमा पनि लागु गर्न सक्नुपर्छ’,मुख्यमन्त्री चौधरीले भन्नुभयो,‘राजनीतिमा लाग्ने पनि खेलाडीबाट एकता र सहयोग सिक्न जरुरी छ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्