खुमबहादुर खड्का भलिबलको उपाधि शान्तिनगरलाई – Kanika Khabar
Sunday, May 5Nepali News Portal

खुमबहादुर खड्का भलिबलको उपाधि शान्तिनगरलाई

    मा प्रकाशित

घोराही, २५ फागुन ।

तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि शान्तिनगर गाउँपालिकाले जितेको छ ।

नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा भएको पालिकास्तरीय भलिबल प्रतियोगिताकाे फाईनल खेलमा राप्ती गाउँपालिकालाई ३-१ काे सेटमा पराजित गर्दै उपाधि हात पारेकाे हाे ।

घाेराही उपमहानगरपालिका-१५ जिल्ला समन्वय समितिकाे परिसरमा रहेकाे सहिद मञ्चमा हजाराैँ दर्शकहरुकाे उपस्थितिमा भएको उपाधि भिडन्तमा शान्तिनगरले २५-२०, २२-२५, २६-२४, २५-१८ काे सेटमा राप्तीलाई पराजित गरेकाे हाे ।

शान्तिनगरले उपाधिसँगै नगद दुई लाख पच्चिस हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।
यसैगरी द्वितीय हुने टिम राप्तीले पनि नगद १ लाख २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।

फाईनल खेल हुनुअघि तेश्राे स्थानका लागि भएको प्रतियोगितामा घाेराहीले बंगलाचुलीलाई ३-२ काे सेटमा हरायाे । कडा प्रतिष्पर्धा भएको खेलमा घाेराहीले २५-४,२२-२५,२५-१८, १७-२५ र १५-९ काे सेटमा हराउँदै नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना भएको टिमले पनि २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।
प्रतियोगिताकाे सर्वाेत्कृष्ट खेलाडीका रुपमा शान्तिनगरका कमल सुनार भए । उत्कृष्ट स्पाईकर घाेराहीका सुरेन्द्र केसी, उत्कृष्ट डिफेन्डर शान्तिनगरका मिलन पुन, उत्कृष्ट सर्भर राप्तीका विकास गिरी, उत्कृष्ट ब्लकर राप्तीका चिरन खड्का, उत्कृष्ट सटर शान्तिनगरका मिलन घर्ती मगर हुँदा उत्कृष्ट काेच शान्तिनगरका मिनबहादुर घिमिरे भएकाे नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिका संयाेजक राजु आचार्यले जानकारी दिएका छन् ।

नेपालकाे राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रुपमा छवि बनाएका स्वर्गीय नेता खड्काकाे २०७५ चैत १६ गते उपचारकम क्रममा ६७ वर्षको उमेरमा निधन भएको थियाे ।नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालकाे प्रमुख आतिथ्यता एवम् प्रदेश सभा सदस्य अनुराग खड्काकाे विशिष्ट आतिथ्यतामा पुरस्कार वितरण गरिएको थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्