टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हङकङसँग नेपाल ७३ रनले पराजित – Kanika Khabar
Sunday, May 5Nepali News Portal

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हङकङसँग नेपाल ७३ रनले पराजित

    मा प्रकाशित

दाङ, २६ फागुन ।

मैत्रीपूर्ण टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल हङकङसँग ७३ रनले पराजित भएकाे छ ।

हङकङले दिएकाे २ सय १३ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १६ ओभर ४ बलमा १ सय ३९ रन बनाउँदा अल आउट भएकाे हाे ।

१ सय १७ रन बनाउँदा ३ विकेट गुमाएकाे नेपालले त्यसपछि २२ रन जाेड्दा बाँकी ७ विकेट गुमायाे । नेपालका विनाेद भण्डारीले ४२, आरिफ शेखले ३८ र कप्तान राेहित पाैडेलले ३० रन बनाए । अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन जाेड्न सकेनन् । हङकङका अजाज खानले ४ र एहसन खानले ३ विकेट लिए ।

यसअघि घरेलु मैदान मोङ कोकको मिसन रोड ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनायो । हङकङका बाबर हायातले शतक बनाएर । बाबर ४९ बलमा १ सय १० रन बनाएर आउट भए । नेपालका आकाश चन्दले ३ विकेट लिए । आकाशले आजको खेलमा नेपालबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन् ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच भोलिदेखि त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला शुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसँग एकमात्र खेलको फ्रेन्डशिप कप खेलेको हो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्