गायक रवि ओडविरुद्ध बलात्कारको मुद्दा – Kanika Khabar
Sunday, May 5Nepali News Portal

गायक रवि ओडविरुद्ध बलात्कारको मुद्दा

    मा प्रकाशित

काठमाडौँ, २३ चैत ।
गायक रवि ओडविरुद्ध बलात्कारको जाहेरी परेको छ । जिल्ला अदालत कञ्चनपुरले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा उनकै पत्नीले चैत २० गते बलात्कारको जाहेरी दिएकी हुन्।

उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी प्रहरीमा दिएपछि उनीविरुद्ध पक्राउका लागि प्रहरीले प्रक्रिया अघि बढाएको छ ।
ओडको घर कञ्चनपुर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनी गायन रियालिटी सो ‘नेपाल आइडल सिजन दुई’ का विजेता पनि हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्