विजय लघुवित्तद्वारा तीन लाख पन्ध्र हजार रुपैयाको विमा रकम उपलब्ध – Kanika Khabar
Sunday, May 5Nepali News Portal

विजय लघुवित्तद्वारा तीन लाख पन्ध्र हजार रुपैयाको विमा रकम उपलब्ध

    मा प्रकाशित

दाङ, चैत २३ । विजय लघुवित्त वित्तीय संंस्थाले पीडित परिवारलाई ३ लाख पन्ध्र हजार रुपैयाको विमा रकम उपलब्ध गराएको छ । आफ्नो समूह सदस्यलाई विमा क्षतिपुर्तिबाफतको रकम पीडित परिवारलाई उपलब्ध गराएको हो ।
लघुवित्त वित्तिय संस्था घोराहीबाट गठित केन्द्रनम्वर–१०३ का सदस्य किरण रोकाले बाख्रापालन गर्ने प्रयोजनार्थ ऋण लिएको र उहाँको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएकाले उहाँले इच्छाएका व्यक्ति राधिका रोकालाई विमा रकम उपलब्ध गराएको शाखा प्रबन्धक किरण घिमिरेले जानकारी दिनुभयो । ‘हाम्रो संस्थाबाट १ लाख पन्ध्र हजार ऋण लिनुभएका किरण रोकाको दुर्घटनामा परी मृत्यु भएपछि तिर्न बाँकी रकम मिनाहा गरी उहाँको परिवारलाई ३ लाख १५ हजार विमा रकम उपलब्ध गराएका छौं’, शाखा प्रबन्धक घिमिरेले भन्नुभयो ।
संस्थाले एक कार्यक्रमको आयोजना गरी विमा रकम उपलब्ध गराएको छ । पुलचोक खोलीगाउँ टोलविकास संस्थाका अध्यक्ष मानबहादुर नेपाली, घोराही उपमहानगरपालिका–१४ का वडाध्यक्ष भानसिंह बुढा र केन्द्रीय कार्यालयका प्रतिनिधि कुमबहादुर थापाको रोहवरमा विमा रकमको चेक हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा वडाध्यक्ष बुढाले समाजमा भएको लघुवित्तप्रतिको धारणा तथा लघुवित्तले प्रदान गर्ने सेवाहरु र गरीबी न्युनीकरणमा लघुवित्तले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले समाजमा अझै वित्तीय चेतना पु¥याउनुपर्ने धारणा राख्नुभयो । उक्त अवसरमा उपस्थित सदस्य तथा टोलका अन्य सहभागी हरुलाई वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सञ्चालन गरिएको थियो ।
शाखा प्रबन्धक घिमिरेले संस्थाले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधा, लघुवित्त संस्थाको महत्व तथा आवश्यकता, संस्थाले प्रदान गर्ने लघुकर्जा, लघुवचत, लघुविमालगायत एकल बंैकीङ र कर्जा तथा बचत कारोवारका लागि विजय लघुवित्तको आवश्यकताका विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मृतककी श्रीमती राधिका रोकाले संस्थाले दिएको राहतले आफूलाई ठूलो सहयोग मिलेको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्