सुकुम्बासी व्यापारीलाई अध्यक्ष बस्नेतकाे सहयाेग – Kanika Khabar
Sunday, May 5Nepali News Portal

सुकुम्बासी व्यापारीलाई अध्यक्ष बस्नेतकाे सहयाेग

    मा प्रकाशित

दाङ, २५ चैत ।

दाङकाे घाेराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरका सुकुम्बासी व्यापारीलाई नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेतले सहयाेग गरेका छन् । हिजाे शनिबार अध्यक्ष बस्नेतले दुईजना सुकुम्बासी व्यापारीलाई आर्थिक सहयाेग गरेका हुन् ।

घाेराही उपमहानगरपालिकाले सडककाे भाग ओगटेर बनाएका टहरा हटाउँदा पसल सुकुम्बासी व्यापारीले खिमप्रसाद श्रेष्ठ र कैलास लहेरकाे पसलकाे टहरा पनि हटाइएको थियाे । पसलकाे टहरा हटाइएपछि उनीहरूकाे परिवार त्रिपालमुनि बस्दै आएका थिए । त्रिपालमुनि कष्टकर दिन काट्दै आएका दुई परिवारलाई अध्यक्ष बस्नेतले प्रति परिवार २० हजार रूपैयाँ सहयाेग गरेका हुन् । अध्यक्ष बस्नेत विगत लामाे समयदेखि समाजसेवामा समर्पित रहँदै आएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्