खोटाङका ६ हजार भन्दा बढि भूकम्प पीडितले तेश्रो किस्ता वापतको अनुदान पाए – Kanika Khabar
Friday, May 16Nepali News Portal

खोटाङका ६ हजार भन्दा बढि भूकम्प पीडितले तेश्रो किस्ता वापतको अनुदान पाए

    मा प्रकाशित

कनिका संवाददाता
साउन १, खोटाङ
खोटाङका ६ हजार भन्दा बढि भूकम्प पीडित परिवारले तेश्रो किस्ता वापतको अनुदान पाएका छन् । आर्थिक वर्ष २०७६÷०७७ को असार मसान्तसम्ममा ६ हजार ९ सय ७८ परिवारले निजी आवास अनुदान वापत तेश्रो किस्ता लिएका हुन् । पुननिर्माण तर्फ ८ हजार ४ सय ६६ घर र प्रवलीकरण तर्फ ३ सय ६१ लाभग्राही रहेको जिल्लामा हालसम्म ७ हजार ८ सय ७७ परिवारले दोश्रो किस्ता र ८ हजार ३ सय ३२ परिवारले पहिलो किस्ता बुझेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई कार्यालय खोटाङले जनाएको छ । यस्तै, प्रवलीकरणतर्फका लाभग्राहीमध्य २ सय ३३ परिवारले पहिलो किस्ता वापतको अनुदान पाइसकेका छन् भने आर्थिक वर्ष २०७६÷०७७ मा निजी आवास अनुदान वापत ५४ करोड ६७ लाख ५० हजार अनुदान वितरण गरिएको कार्यालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्