नेपालमा कोरोनाको सङ्क्रमण दर बढ्यो, सरकार नयाँ रणनीतिमा – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेपालमा कोरोनाको सङ्क्रमण दर बढ्यो, सरकार नयाँ रणनीतिमा

    मा प्रकाशित

कनिका खबर
साउन २, दाङ ।
पछिल्लो समयमा नेपालमा कोरोना सङ्क्रमणको दरमा बृद्धि भएको छ । पछिल्लो ६ दिनमा नोबेल कोरोना भाइरस सङ्क्रमणको दर बढेपछि थप फैलिन नदिने रणनीतिमा सरकार जुटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कहाँकहाँ सङ्क्रमणको दर बढेको छ र समुदायमा सङ्क्रमण फैलिन नदिनका लागि के कसरी जान सकिन्छ भन्ने बारेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय भइरहेको बताएका छन् ।
गत शनिबार यता एक सय ५० भन्दा कम दरमा देखिएको कोरोना सङ्क्रमण हिजो भने एक सय ६७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालका विभिन्न २७ वटा प्रयोगशालमा गरिएको परीक्षणमा थप एक सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १७ हजार तीन सय ४४ पुगेको छ । भोजपुर, संखुवासभा, हुम्ला, मनाङ र मुस्ताङ कोरोनामुक्त भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्