कोभिड १९ बाट बच्न हातधुने सामग्री प्रदान – Kanika Khabar
Friday, February 14Nepali News Portal

कोभिड १९ बाट बच्न हातधुने सामग्री प्रदान

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
श्रावण २, दाङ ।
राप्ती गाउँपालिकाको कार्यालयमा आउने सेवाग्राही तथा कर्मचारीलाई कोभिड १९ बाट बच्न हातको सरसफाईको लागि हातधुने सामग्री प्रदान गरिएको छ ।
वडा नम्बर ४ मौरीघाटमा रहेको मिलाप कृषि सहकारी संस्था,अष्ट्रेलियन एड, अष्ट्रेलिया कारितास र कारितास नेपालले हेन्डवास सहित खुट्टाको मदतले सेम्फु र पानी निकाल्न मिल्ने टंकी प्रदान गरेको हो ।
विश्व व्यापीरूपमा फैलिएको कोरोना भाइरस, कोभिड १९ को बढ्दो जोखिमलाई ध्यान दिदै स्वास्थ्य रक्षाको लागि हातधुने सामग्री प्रदान गरिएको संस्थाकी अध्यक्ष रत्ना तिवारीले जानकारी दिएकी छिन् ।
स्वास्थ्य सामग्री बुझ्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले स्वास्थ्य सुरक्षाको लागि जागरुकका लागि हातधुने अत्याधुनिक पानी टंकी सहितको बेसिन प्रदान गरेकोमा वडा नम्बर ४ मौरीघाटमा रहेको मिलाप कृषि सहकारी संस्था र अष्ट्रेलियन एड, अष्ट्रेलिया कारितास र कारितास नेपाललाई धन्यवाद ज्ञापन गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्