पाल्पामा कोरोना सङ्क्रमण बढ्दो – Kanika Khabar
Friday, April 26Nepali News Portal

पाल्पामा कोरोना सङ्क्रमण बढ्दो

    मा प्रकाशित

कनिका खबर
साउन १२, पाल्पा
पाल्पामा आइसोलेशनमा बसेर घर फर्किनेको संख्या बढे पनि पुनः जिल्लामा कोरोना भाइरस संक्रमण बढेको छ । केही दिनयता शुन्य संक्रमण नतिजा आएकोमा हिजो एकैदिन चार जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रम्भा गाउँपालिकाका चार जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । हुँगीमा रहेको जनकल्याण माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका चार जनामा संक्रमण देखिएको गाउँपालिकाले जानकारी दिएको छ । रम्भा गाउँपालिकामा संक्रमितको संख्या ४४ पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । यो समेत जिल्लामा संक्रमितको संख्या ५ सय ६१ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि रामपुर नगरपालिकामा एक सय १७, तानसेन नगरपालिकामा १४, बगनासकाली गाउँपालिकामा ४२, माथागढी गाउँपालिकाका ३०, तिनाउ गाउँपालिकाका ८ पुगेका छन् । रैनादेवी छहरा गाउँपालिकामा ३९, निस्दी गाउँपालिकमा ९९, पूर्वखोला गाउँपालिकामा १ सय ६०, रिब्दीकोट गाउँपालिकामा ५ पुगेका हुन् ।
उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो । पूर्वखोलाका एक जनाको मृत्यु भएको छ । जिल्लामा कूल संक्रमित मध्ये ५ सय ४७ जना संक्रमित निको भएर घर फर्किएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । माथागढी गाउँपालिकाका २९ जना, रामपुर नगरपालिकाका १ सय १७, पूर्वखोलाका १ सय ५९, रैनादेवी छहराका ३८, रम्भाका ४०, बगनासकालीका ३७, तिनाउका ८, रिब्दीकोटका ५, निस्दीका ९८, तानसेनका १३, गुल्मीका २ र अर्घाखाँचीका एक जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका उहाँले जानकारी दिनुभएको छ । १४ दिनसम्म आइसोलेशनमा बस्दा कुनै लक्षण नदेखिएपछि पुनः परीक्षण नगरी घर पठाइएको स्वास्थ्य कार्यालयको भनाइ छ । संक्रमित मध्ये १३ जनाले विभिन्न आइसोलेशन सेन्टरमा रहेर उपचार गराउँदै आएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्