आइसोलेसन सेन्टरको पछिल्लो अवस्थाका बारेमा छलफल – Kanika Khabar
Friday, April 26Nepali News Portal

आइसोलेसन सेन्टरको पछिल्लो अवस्थाका बारेमा छलफल

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
साउन १४, दाङ ।
कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टर राप्ती गाउँपालिका मौरिघाटको बारेमा पछिल्लो समसामयिक विषयमा बुधवार छलफल गरिएको छ ।
देउखुरी क्षेत्रका चार वटा स्थानीय निकायहरुको पहलमा सञ्चालनमा आएको सो कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टर अव कसरी संञ्चालन गर्ने भन्ने वारेमा चार वटै पालिकाबिच छलफल गरिएको हो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको बैठकमा ५ नं प्रदेश सभा सदस्य ईन्द्रजित चौधरी, लमही नगरपालिका प्रमुख कुल बहादुर केसी, राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी लगायतको सहभागिता रहेको थियो ।
बैठकमा चार वटै स्वास्थ्य प्रमुखहरुले पछिल्लो कोरोना संक्रमणको अवस्था र हाल सम्मको अवस्था र ब्यवस्थाको बारेमा जानकरारी गराएका थिए ।
विश्व स्वास्थ्य संगठनको मापडण्ड र नेपाल सरकार स्वास्थ्य मन्त्रालयको परिपत्रको बारेमा समेत छलफल गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिएका छन् ।
कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टर राप्ती गाउँपालिका मौरिघाटमा हालसम्म चार पालिकाका १०२ जना कोरना संक्रमित राखिएकोमा ८६ जनालाई विश्व स्वास्थ्य संगठनको मापडण्ड र नेपाल सरकार स्वास्थ्य मन्त्रालयको मान्यता अनुरुप हेरचाह गरी घर पठाईएको छ भने १६ जना अझै सेन्टरमा उपचारको क्रममा रहेका छन् ।
बैठकमा राप्ती प्राविधिक शिक्षालयमा सञ्चालनमा रहेको सो कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टरका कारण नेपाल सरकार शिक्षा मन्त्रालय र परिक्षा नियन्त्रण कार्यालयले सुरु गर्ने भनेको परीक्षा सञ्चालन गर्न सकीने वा अन्यत्र बैकल्पीक स्थानमा परिक्षा सञ्चालन गर्ने भन्ने वारेमा समेत छलफल गरिएको छ ।
कोरना संक्रमित राख्ने कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टर र अध्यापन गराउने प्राविधिक शिक्षालयका विषयमा समेत राप्ती प्राविधिक शिक्षालयका प्रतिनिधि संग छलफल समेत गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्