घरेलु मदिरा उत्पादन र बेचबिखनमा रोक लगाउदै वडा नं १८ – Kanika Khabar
Monday, March 17Nepali News Portal

घरेलु मदिरा उत्पादन र बेचबिखनमा रोक लगाउदै वडा नं १८

    मा प्रकाशित

कपिल लामिछाने
साउन १४, दाङ ।


तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले घरेलु मदिरा उत्पादन र बेचबिखनमा रोक लगाउने अभियान सुरुवात गरेको छ ।
बिभिन्न जनमूलक कामहरु गर्दै आईरहेको वडा नं १८ ले फेरी यो एउटा नयाँ कामको सुरुवात गरेको हो । गाउँघरमा जाँड,रक्सी खाएर भईरहेका बिभिन्न घटनाहरुको मूल्याङकन गर्दै वडा नं १८ ले यो अभियान सञ्चालन गरेको वडा अध्यक्ष माधव वलीले जानकारी दिए ।
२८ वटा टोल बिकास संस्थाहरुलाई परिपत्र गर्दै खुल्ला रुपमा अबैध कार्य गर्ने जो–सुकैलाई पनि कारवाही गर्दै नमुना वडा बनाउन लागी दिनरात नभनी काम गरिरहेकोे अध्यक्ष वलीले बताए । सबैभन्दा पहिले कोलकाटे टोल बिकास संस्थाले खुल्ला मदिरा बिक्री बितरण गर्न नपाईने भन्दै आफ्नो टोललाई खुल्ला मदिरा मुक्त टोल घोषणा गरिसकेको छ भने बाँकी टोलहरु पनि यो अभियानलाई सफल बनाउन लागी परेको वडा सदस्य शितल प्रसाद बुढा मगरले जानकारी दिएका छन् ।
कोलकाटे टोल बिकास संस्थाका अध्यक्ष बिर बहादुर नेपालीको अध्यक्षतामा भएको उक्त खुल्ला मदिरा टोल मुक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष माधव वलीले यो अभियानलाई सफल बनाउन सबैले साथ दिएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा अझै यी र यस्तै किसिमका कार्यहरु गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाए । साथै उनले गाउँ–घरमा मदिराकै कारण बिभिन्न घटनाहरु भईरहेकाले मदिरा पसलको रुपमा दर्ता भएका पसलहरुलाई बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मात्रै खोल्नका लागी अनुरोध समेत गरे । सोही कार्यक्रममा बोल्दै वडा सदस्य शितल प्रसाद बुढा मगरले वडा नं १८ ले बिकास निर्माणका कामहरु मात्रै नभएर समाज सुधार्नका निमित्त यी र यस्तै धेरै कामहरु गरिरहेको कुरा उल्लेख गरे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्