बाढीका कारण कैलालीमा हजारौं घर डुवानमा – Kanika Khabar
Friday, April 26Nepali News Portal

बाढीका कारण कैलालीमा हजारौं घर डुवानमा

    मा प्रकाशित

कनिका खबर
साउन १४, कैलाली ।

अविरल वर्षाका कारण कैलालीमा हजारौं घर डुवानमा परेका छन् । वर्षापछि आएको वाढी कारण कैलाली जिल्लाको टीकापुर, भजनी, लम्की चुहा नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकाका अधिकांश बस्ती जलमग्न भएका छन् । वर्षाका कारण टीकापुर नगरपालिकाका ९ वटै वडा डुबानमा परेको टीकापुर नगरपालिकाकी विपद सम्पर्क व्यक्ति निर्मला चौधरीले जानकारी दिईन् ।

टीकापुर–१ स्थित जमरा नदीमा पानीको सतह बढेर बजार क्षेत्र पुरै डुबान भएको छ । त्यस्तै शिवनगर, चमेलीपुर, विजयनगर शिविरमा बाढी बस्ती पसेपछि ५० घर भत्किएका छन् । यस्तै वडा नम्बर २ मा १२, वडा नम्बर ६ मा ३ घर भत्कीएका नगरपालिकाले जनाएको छ । डुवानका परेका घरको तथ्यांक संकलन भइरहेको पनि नरपालिकाले जनाएको छ । वडा नं २ को सितापुर, वडा नं ५ शाहीपुर, सिम्रेनी, वडा नं ६ को भगवानपुर, प्रतिपुर, वडा नं ७ को बेलुवा, वैद्धी, वडा नं ८ अर्नुवा र वडा नं ९ को खक्रौला गाउँमा सयौँ घर डुवानमा परेका छन् । जानकी गाउँपालिकाको वडा न ३, ४, ७, ८, ९ का सयौ घर डुवानमा परेका छन् ।

स्थानीय भोजबहादुर चौधरीका अनुसार भदौरे, धर्मापुर र अमरावती कुलामा पानीको सतह उच्च भएपछि जानकी गाउँपालिकाका बस्ती डुवानमा परेका हुन् ।जोशीपुर गाउँपालिकाका अधिकांश वडा जलमग्न भएका छन् । कान्द्रा र काँडा नदी सतह भन्दा माथि पुगेपछि जोशीपुरमा १, ३, ५, ७ नं वडा डुवानमा परेका छन् । भजनी नगरपालिकाको वडा नम्बर २ को मोहनपुर, वडा नं ३ को ढुसी गाउँ, वडा नम्बर ५ को फुलियापुर गाउँमा बाढी पसेको छ ।

ढुसी गाउँको कान्द्रा नदीमा बनाइएको चेकड्याम भत्काएर बाढी वस्तीमा पसेको भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले जानकारी दिए । भजनीको वडा नम्बर २ र ३ मा काँढा नदीको बाढी र वडा नम्बर ५ मा कान्द्रा नदी बढेर बाढी आउँदा मोहनपुर, ढुसी र काँडा गाउँमा सयौं घर डुवानमा परेका छन् । नदीहरुमा पानीको सतह बढ्दै गएको र गाउँ डुबान भइरहेकाले स्थानीय तहले सुरक्षित उपाय अवलम्बन गर्न आग्रह गरिरहेका छन् । स्थानीय तहले जोखिममा रहेका बस्तीलाई सार्न थालेका छन् ।

टीकापुरमा घर भत्किएका परिवारलाई अहिले छिमेकीको घरमा सारिएको छ भने भजनीमा जोखिममा रहेका बस्तीलाई सुरक्षित भवनमा सार्ने कार्य शुरु गरेको भजनीका नगर प्रमुख चौधरीले बताए । विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयौँ घर डुवानमा परेका छन् भने चार जना वेपत्ता भएका छन् । भजनी नगरपालिकाका बिभिन्न ठाउँमा चार जना वेपत्ता भएको ईलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक जनक धामीले जानकारी दिएका छन् ।

११ वर्षीय बालक स्केल चौधरी सहित चार जना वेपत्ता भएको उनले बताए । अन्यको पहिचान हुन नसकेको र दुई जनाको समेत वेपत्ता रहेकोमा उनीहरुको सकुशल उद्धार गरिएको उनको भनाई छ । वेपत्ता अन्यको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक जनक धामीले बताए । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र कैलालीले बुधबार साझसम्म बाढीका कारण जिल्ला भर आठ सय घर प्रभावित भएको जनाएको छ ।

प्रभावित घरपरिवारलाई नजिकैको विद्यालय, सामुदायिक भवन स्थानान्तरण गरेको कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतलाई परिचालन गरी उद्दार गर्नुका साथै राहत सामाग्री वितरण गरेको उनले जानकारी दिएका छन् ।

जिल्लाको कान्द्रा, काडा र पथरैया लगायतका नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी, टीकापुर, लम्की र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन् । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकोले सुदूरपश्चिमका अधिकासं क्षेत्रमा वर्षा भइरहेको छ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्