मा प्रकाशित
कनिका खबर
साउन १५, दाङ ।
क्वारअन्टिन र आइसोलेसन बनाइएका विद्यालयलाई खाली गर्न सरकारले निर्देशन दिएको छ । सरकारले विद्यालयमा रहेका क्वारअन्टिन र आइसोलेसन कक्ष हटाउने निर्णय गरेको हो ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले जनाएका हुन् । विद्यालयमा रहेका क्वारअन्टिन र आइसोलेसन हटाएर तत्काल ती क्षेत्रलाई स्थानीय तहले निर्मलीकरण गर्ने पनि निर्णय भएको उनले बताएका छन् ।