पर्वत–बागलुङ जोड्ने झोलुङ्गेपुलमा आवतजावत खुल्ला – Kanika Khabar
Friday, April 26Nepali News Portal

पर्वत–बागलुङ जोड्ने झोलुङ्गेपुलमा आवतजावत खुल्ला

    मा प्रकाशित

कनिका खवर
साउन १७, दाङ ।
पर्वत र बागलुङ जिल्ला जोड्ने गरी कालीगण्डकी माथि बनेको झोलुङ्गेपुल औपचारिक रूपमा सञ्चालनमा आएको छ । पर्वतको कुश्मा नगरपालिका १ पाङबाट बागलुङ नगरपालिका १ रामरेखा जोड्ने पुल आवातजावतका लागि खुल्ला भएको हो । यो पुल ५ सय ७६ मिटर लामो छ भने नदीको सतहबाट एक सय ३० मिटर अग्लो छ । वैशाखको सुरुमै निर्माण सम्पन्न भएर पनि लकडाउनका कारण औपचारिक रुपमा सञ्चालन नभएको पुल सर्वसाधारण आवातजावत गर्न पाउने गरि खुल्ला गरिएको कुश्मा नगरपालिका १ का वडाध्यक्ष देबेन्द्र सुबेदीले जानकारी दिएका छन् । २०७६ फागुनमै सक्ने भनिएको पुल दुई वटा राजमार्ग माथिबाट लट्ठा तान्दा समय लागेको थियो । निर्माण कम्पनीले पर्वत र बागलुङ तर्फका दुवै राजमार्गमा रोकावट नहुने गरी चिनियाँ प्रविधिको औजारले लट्ठा तानेको थियो । पुलले एक पटकमा ६ सय १२ जना (८५ मेट्रिक टन) धान्न सक्ने क्षमता रहेको जनाईएको छ । यसले दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ । पुल सञ्चालनमा आए पछि बागलुङ र पर्वत हुँदै म्याग्दी, मुस्ताङ जाने पर्यटकहरूलाई समेत सजिलो भएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए । सुरुमा १२ करोड २२ लाख लागत अनुमान गरिए पनि लट्ठा र लट्ठा तान्ने मेसिन मन्त्रालयले उपलब्ध गराएपछि ६ करोड ९१ लाखमा निर्माण सम्झौता भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्