बृद्धबृद्धालाई घरघरमै खाता प्रणाली सुरु – Kanika Khabar
Friday, April 26Nepali News Portal

बृद्धबृद्धालाई घरघरमै खाता प्रणाली सुरु

    मा प्रकाशित

देवराज सुवेदी
साउन १९, सिन्धुपाल्चोक ।
बाह्रबिसे नगरपालिका वडा नं. २ मा सामाजिक सुरक्षा भत्ता वितरणलाई सजिलो बनाउन घरघरमै खाता प्रणाली सुरु गरिएको छ । बिरामी तथा अशक्त अवस्थामा रहेका बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिलाई मध्येनजर गरेर यस्तो नियम लागू गरिएको नगरपालिकाले जनाएको छ । वडा नं. २ निवासी चार सय १८ जनालाई घरघरमै बैंकिङ सेवा उपलब्ध गराइएको वडाध्यक्ष बमबहादुर तामाङले बताए । उनका अनुसार बाह्रबिसेमा रहेका बैंकलाई अनुरोध गरेर सेवा घर घरमा लगिएको हो । ७० वर्ष पुगेका बृद्धबृद्धालाई मासिक तीन हजार, एकल महिलालाई दुई हजार, अपाङ्गलाई क वर्गका भए मासिक तीन हजार र अन्य वर्गकालाई चौमासिक ६४ सय र दलित बालबालिकालाई मासिक तीन सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने सरकारी नियम छ ।
वडाध्यक्ष तामाङको पहलमा कर्थलीका घरघरमा खाता र काठमाडौमा रहेकाहरुलाई एकमुष्ट खाता सञ्चालन गरेर नगरपालिकाले भत्ता वितरण गर्दै आएको छ । घरमा खाता खोलेर भत्ता पाउने भएपछि बिरामी र अशक्त अवस्थामा रहेका बृद्धबृद्धा तथा अपाङ्गता भएका व्यक्ति निकै खुशी भएका छन् । भत्ता वितरणका लागि भने वडाध्यक्ष, सदस्य, राजनीतिक दलका प्रतिनिधि र बैंकका कर्मचारी जाने गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्