सत्तारुढ दल नेकपाका अध्यक्षद्वय बीचको छलफल आजपनि निस्कर्ष बिहीन – Kanika Khabar
Sunday, April 27Nepali News Portal

सत्तारुढ दल नेकपाका अध्यक्षद्वय बीचको छलफल आजपनि निस्कर्ष बिहीन

    मा प्रकाशित

कनिका खबर
साउन १९, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता आज पनि निष्कर्ष बिहीन भएको छ । आज बिहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्वयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी हुनुभएको थियो । प्रधानमन्त्रीसमेत रहनुभएका ओली जारी स्थायी कमिटी बैठकलाई निरन्तरता दिन समेत तयार हुनुभएको छैन भने सचिवालय बैठक बसेर दुई नेताबीच सहमति गर्नुपर्ने उहाँको प्रस्ताव छ । तर, प्रचण्डले भने जारी स्थायी कमिटी बैठक रोकेर सचिवालयबाट निकास खोज्न नसकिने बताउनुभएको छ । बैठक फेरी भोलि साँझ पाँच बजे बस्ने सहमति भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्