त्रिदेशीय मार्ग दशौं पटक अवरुद्ध – Kanika Khabar
Friday, April 26Nepali News Portal

त्रिदेशीय मार्ग दशौं पटक अवरुद्ध

    मा प्रकाशित

कनिका खबर
साउन २०, नुवाकोट
त्रिदेशीय मार्गको रुपमा रहेको त्रिशूली–स्याफ्रुवेशी–रसुवागढी सडक पहिरोका कारण पुनः अवरुद्ध भएको छ । अविरल वर्षात्ले खसेको पहिराले रसुवागढी नाका जोड्ने सडक यस वर्ष दशौं पटक अवरुद्ध भएको छ । नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाका हाल सन्चालनमा रहेको एउटै नाका हो । सो सडकमार्गको धुन्चे–स्याफ्रुबेसी सडक खण्डको खोपाङ भीरमा ठुलो पहिरो गएपछि सडक फेरी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

ठूलो पहिरो गएको कारण तत्काल सडक सञ्चालनमा आउने सम्भावना नरहेको रसुवाका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताउनुभयो । उहाँका अनुसार आधा सडक नै पहिरोले लगेको छ, सम्भवत दुई दिनपछि सडक खुल्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्