खोटाङमा“तपाईको मास्क खै ? अभियान” सुरु – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

खोटाङमा“तपाईको मास्क खै ? अभियान” सुरु

    मा प्रकाशित

कनिका खवर
साउन २१, दाङ
रमन वन
खोटाङको सदरमुकाम दिक्तेलमा “तपाईको मास्क खै ? अभियान” शुरु भएको छ । बन्दाबन्दी हटेपनि विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को जोखिम कायमै रहेकाले कोभिड १९ न्यूनिकरण गर्न तथा जनचेतना मूलक सन्देश फैलाउने उद्देश्यका साथ आजबाट यो अभियान थालिएकोे हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खोटाङ उद्योग बाणिज्य सङ्घ र नेपाल रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा “तपाईको मास्क खै अभियान” सुरु गरिएको नगरप्रमुख दिपनारायण रिजालले जानकारी दिए । अभियानको पहिलो दिन आज दितmेल बजारमा मास्क नलगाई हिँडेका संर्वसाधरणलाई निःशुल्क मास्क समेत वितरण गरिएको छ । साथै सरकारले लागू गरेको नियम उलङ्घन गरेको पाइएमा १ सय रुपैंया जरिवाना तिराइने नगरप्रमुख रिजालको भनाइ छ । यस्तै घरबाहिर हिडडुल गर्दा अनिवार्य मास्क लगाउनु पर्ने, मास्क नलगाइ हिँडडुल गरेको साथै सामाजिक तथा भौतिक दूरी कायम नगरिएको भेटिएमा संङ्क्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गरिने जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्