लगातारको वर्षाले बुढीनन्दाको दैया बस्ती उच्च जोखिममा – Kanika Khabar
Friday, April 26Nepali News Portal

लगातारको वर्षाले बुढीनन्दाको दैया बस्ती उच्च जोखिममा

    मा प्रकाशित

कनिका खबर
साउन २२, बाजुरा
लगातारको वर्षाले बाजुराको बुढीनन्दा दैया बस्ती उच्च जोखिममा परेको छ । डोजर मार्फत सडक निमार्ण कार्य सञ्चालन गर्दा बाजुराका केही बस्तीहरू उच्च जोखिममा परेका स्थानीय बताउँछन् । वर्खायाम सुरु भएसँगै लगातारको वर्षाले बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ६ को दैया बस्ती पहिरोको उच्च जोखिमा परेको हो । गत वर्षदेखि निमार्ण कार्य सञ्चालन भइरहेको जगन्नाथ गाउँपालिका र वडा नम्बर ६ को वडा कार्यालय धन्नासी जोड्ने सडकखण्ड निमार्ण कार्य सञ्चालन गर्दा सो बस्ती जोखिममा रहेको स्थानीय पठाने विकले बताउनुभयो ।

डोजर मार्फत् सडक निमार्ण कार्य सञ्चालन गर्दा दैया गाउँका २५ घरपरिवार पहिरोको उच्च जोखिमा परेका उहाँले बताउनुभयो । दैया गाउँदेखि वडा कार्यालय धन्नासी सम्म र दैया गाउँबाट जगन्नाथ गाउँपालिका जोड्ने सडकखण्ड निमार्ण कार्य गर्दा घर माथि अर्थात् सडकमै ढुङ्गा जम्मा गरेकाले पहिरो खस्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । उक्त बस्तीका परिवारले पानी परेको दिन माथिबाट पहिरो खस्छ की, ढुङ्गा आउँछ की भनेर नसुत्ने गरेको गुनासो गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्