उपत्यकामा नयाँ मापदण्ड लागु गर्ने तयारी, आज प्रमुख जिल्ला अधिकारीको बैठक – Kanika Khabar
Sunday, April 20Nepali News Portal

उपत्यकामा नयाँ मापदण्ड लागु गर्ने तयारी, आज प्रमुख जिल्ला अधिकारीको बैठक

    मा प्रकाशित

कनिका खबर
साउन २३, काठमाडौं
समुदायमा नोबेल कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकाभित्रका सरकारी, निजी र गैरसरकारी सङ्घसंस्था सञ्चालनमा नयाँ मापदण्ड लागु गरिने भएको छ । कस्तो मापदण्डलाई अन्तिम रूप दिने भन्ने बारेमा छलफल गर्न आज काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बोलाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

उपत्यकामा सञ्चालित कार्यालय, उद्योगरकलकारखाना, होटलररेस्टुराँ, दैनिक उपभोग्य वस्तु बिक्री स्थल, सपिङ सेन्टरलगायतमा नयाँ मापदण्डको तयारी थालिएको हो । सरकारी कार्यालय, बैंक तथा दैनिक उपभोग्य वस्तु बिक्री स्थलमा सेवा लिने व्यक्तिका लागि अस्थायी मापदण्ड बनाउन लागिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो । उपत्यका बाहिरबाट आउने मानिसको चापलाई व्यवस्थित गर्न र आवश्यक देखिए सवारी आवागमन अनुमति प्रदान गर्न यसअघि नै प्रदेशगत रूपमा उपत्यकाका तिनवटै जिल्लाले जिम्मेवारी बाँडफाँड गरेका छन् ।

जसअनुसार प्रदेश १ र २ बाट आउजाउ गर्नेलाई भक्तपुर प्रशासन, वाग्मती, गण्डकी र प्रदेश ५ लाई काठमाडौँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका मानिसको आवतजावत व्यवस्थापन ललितपुर प्रशासनलाई तोकिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्