अमेरिकामा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ५० लाख नाघ्यो – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

अमेरिकामा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ५० लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
साउन २३, दाङ ।
अमेरिकामा कोरोना भाइरस कोभिड १९ का कारण सङ्क्रमित हुनेको सङ्ख्या ५० लाख नाघेको छ । अमेरिका कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित भएको देश हो । जहाँ हाल सम्म १ लाख ६२ हजार मानिसको कोरोनाकै कारण मृत्यु भएको छ । अमेरिकामा सङ्क्रमित भएका मध्ये २५ लाख ७७ हजार मानिसहरु भने सङ्क्रमित भएर पनि निको भएका छन् । ब्राजिलमा भने २९ लाख १७ हजार ५ सय मानिस कोरोनाका कारण सङ्क्रमित भएका छन् । ब्राजिलमा ९८ हजार ६ सय ४४ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै प्रभावित मुलुकमध्ये तेस्रो बनेको भारतमा २० लाख ३० हजार मानिस सङ्क्रमित बनेका छन् । भारतमा ४१ हजार ६ सय ७३ जनाको मृत्यु भएको छ । विश्वभर भने कोरोनाका कारण १ करोड ९२ लाख ६६ हजार मानिस सङ्क्रमित भएका छन् भने हाल सम्म ७ लाख १७ हजार ७ सय को भने कोरोनाका कारण मृत्यु भएको छ । विश्वभर कोरोना भाइरस सङ्क्रमित भएर पनि १ करोड २३ लाख ६५ हजार मानिस भने निको भइसकेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्