न्यून चापीय रेखा नेपालतर्फ सर्दै, तीन दिनसम्म भारी वर्षाको सम्भावना – Kanika Khabar
Friday, April 26Nepali News Portal

न्यून चापीय रेखा नेपालतर्फ सर्दै, तीन दिनसम्म भारी वर्षाको सम्भावना

    मा प्रकाशित

कनिका खबर
साउन २४, दाङ ।
आज रातिदेखि तीन दिनसम्म भारी वर्षा हुने आँकलन गरिएको छ । मनसुनको न्यून चापीय रेखा पुनः नेपालतर्फ नजिकिँदै गरेकाले वर्षाको सम्भावना बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिदेखि भारी वर्षा हुनेछ ।
महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनमा आज रातिबाट मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले २÷३ दिन नेपालमा मनसुन सक्रिय भई देशका धेरैजसो स्थानमा वर्षा हुनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षासमेत हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले अनुरोध गरेका छन् । मौसमविद्हरूका अनुसार मनसुनको न्यून चापीय रेखा जति नजिक हुन्छ, उति वर्षा बढ्छ । अहिले भने यो रेखा नेपालभन्दा दक्षिणतर्फ नै छ । तर यो बिस्तारै नेपालतर्फ नजिक हुँदैछ, त्यसैले वर्षाको मात्रा बढ्दैछ । आज राति भने रेखा नेपालको नजिकै आइपुग्ने सम्भावना देखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्