कनिका खबर
साउन २६, नुवाकोट
नुवाकोटमा पछिल्लो समय कोरोना सङ्क्रमित बढिरहेका छन् । तीन महिना अगाडिदेखि सङ्क्रमित देखिन थालेको नुवाकोटमा आइतवार हिजोसम्म सङ्क्रमितको संख्या ५७ पुगेको छ । ३७ जना कोरोनाले जितेर घर फर्किएका छन् । २० जना उपचार गराइरहेको छन् । सङ्क्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । स्वावको नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गर्दा आइतवार एकै दिन विदुर नगरपालिका क्षेत्रका थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार बाहिरी जिल्लाबाट आएर क्वारेन्टाइनमा बसेका १८, २२ र ४६ वर्षिय पुरुषमा सङ्क्रमण देखिएको हो ।
क्वारेन्टाइनमा बसेका र कन्ट्रयाक ट्रेसिङ गरि स्वावको नमूना संकलन गरिएका तीनसय ५ जनाको नतिजा आउन बाँकी रहेको कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभयो ।