अवैध रुपमा गाईगोरु ओसार पसार गर्ने पक्राउ – Kanika Khabar
Thursday, June 19Nepali News Portal

अवैध रुपमा गाईगोरु ओसार पसार गर्ने पक्राउ

    मा प्रकाशित

कृष्णराज शाक्य
साउन २७, सङ्खुवासभा ।
बध गर्ने उदेश्यले सङ्खुवासभाको भोटखोला तर्फ लगिँदै गरेका गोरु प्रहरीले बरामद गरेको छ । होदाङ्ना चेक पोष्टले सङ्खुवासभाका विभिन्न क्षेत्रबाट सङ्कलन गरी काटमारका लागि भोटखोलाका विभिन्न स्थानतर्फ लैजाँदै गरेको अवस्थामा ३३ वटा चौपायाको उद्धार गरिएको छ । अवैध रुपमा चौपाया ओसारप्रसार भैरहेको जानकारीका आधारमा भोटखोला ५ का २४ वर्षका राजन तामाङ्ग र भोटखोला २ बस्ने २१ वर्षका छवाङ् भोटेलाई पक्राउ गरिएको हो ।
जिल्लाको चिचिला गाउँपालिका लगायत विभिन्न स्थानबाट उनिहरुले गाई गोरु संकलन गरि मासुजन्य प्रयोजनका लागि विक्री वितरण गर्ने गरेको आरोप लगाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद चौपायालाई हेदाङ्नाबाट फर्काई चिचिला गाउँपालिकासँगको समन्वयमा ब्यवस्थापन गरि सम्वन्धीत घरधनीलाई बुझाउने सहमति भएको चिचिला गाउँपालिका अध्यक्ष पासाङनुर्वू शेर्पाले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्