बालिका बलात्कार आरोपी पूर्पक्षका लागि जेल चलान – Kanika Khabar
Friday, September 29Nepali News Portal

बालिका बलात्कार आरोपी पूर्पक्षका लागि जेल चलान

    मा प्रकाशित

कनिका खबर
साउन २९, सिन्धुली
बालिका बलात्कार आरोपमा पक्राउ परेका नेपाली चुलो होटेलका सञ्चालक विदुरप्रसाद देवकोटा पूर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत सिन्धुलीका न्यायाधीश किरण शिवाकोटीको इजलासले देवकोटालाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्ने आदेश गरे बमोजिम उनी हिजो जेल चलान भएका हुन् । देवकोटा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोलन्जोर गाउँ संगठन कमिटी अन्र्तगत वडा नम्बर –७ का कमिटी सचिव समेत रहेका थिए । बालिका बलात्कार आरोपमा पक्राउ भएसँगै उनलाई गाउँपालिका संगठन कमिटिले साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको छ ।

पन्ध्र बर्षिय एक बालिका बस्तुभाउलाई घाँस काट्न÷हाल्न जाने क्रममा बाटोछेकी जबरजस्ती बलात्कार गरेको आरोपमा देवकोटालाई साउन ५ गते सोमबार प्रहरीले पक्राउ गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्