सिन्धुपाल्चोक पहिरो अपडेट : पहिरोमा मृत्यु भएका ११ जनाको सनाखत, अन्यको खोजी हुँदै – Kanika Khabar
Saturday, April 27Nepali News Portal

सिन्धुपाल्चोक पहिरो अपडेट : पहिरोमा मृत्यु भएका ११ जनाको सनाखत, अन्यको खोजी हुँदै

    मा प्रकाशित

कनिका खबर
साउन ३१, सिन्धुपाल्चोक ।
जुगल गाउँपालिका–२ लिदीमा हिजो बिहान गएको पहिरोमा परि मृत्यु भएका ११ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष २ जना, महिला ४ जना र बालबालिका ५ जना छन् । पहिरोमा परेका २७ जना अझै बेपत्ता छन् । मृत्यु हुनेमा प्रिती दोङ, धन माया दोङ, टीका माया दोङ, छिरिङ दोङ, जिताई झाक्री, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ, दावा ल्हामु दोङ, तारल्हमो दोङ, र रिमेक्स दोङ रहेका छन् । आज बिहानैबाट सेना प्रहरी र स्थानीयले पहिरोमा पुरिएकाको खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्