सङ्क्रमित बढ्दै, अस्पतालमा थेग्न नसक्ने अवस्था – Kanika Khabar
Friday, April 26Nepali News Portal

सङ्क्रमित बढ्दै, अस्पतालमा थेग्न नसक्ने अवस्था

    मा प्रकाशित

कनिका खबर
साउन ३१, नुवाकोट ।
नुवाकोटमा दैनिक सङ्क्रमित थपिएका कारण अस्पतालमा समेत व्यवस्थापन गर्न समस्या परेको छ । १२ स्थानीय तह रहेको नुवाकोटमा साढे दुई महिनादेखि कोरोना सङ्क्रमित फेला पर्न थालेका हुन् । हिजोसम्म ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा हालसम्म ४५ जना सङ्क्रमितको उपचार गरिएको छ । कोरोना अस्पतालका प्रमुख डा. रेमकुमार राइका अनुसार यहि दरमा सङ्क्रमित बढ्दै गए आइसोलेसन वेड र आवश्यक स्वास्थ्यकर्मीको समेत अभाव हुनेछ । ३० आइसोलेसन वेड रहेको नुवाकोटमा यहि अनुपातमा सङ्क्रमित बढेमा अस्पतालमा दुई सय २० थान वेड तयार गर्नु पर्ने डा. राइको माग छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्