भारतमा आज ७४ औं स्वतंत्रता दिवस मनाइँदै – Kanika Khabar
Friday, April 26Nepali News Portal

भारतमा आज ७४ औं स्वतंत्रता दिवस मनाइँदै

    मा प्रकाशित

कनिका खबर
साउन ३१, दाङ ।
कोरोना महामारीकाबीच भारतमा आज ७४ औं स्वतंत्रता दिवस मनाइँदैछ । भारतको राजधानी नयाँ दिल्लीमा स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा भारतको झन्डा फहराउँदै राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा उनले भारतलाई आत्मनिर्भर बनाउनका लागि अभियान सञ्चालन गरिने बताए । उहाँले आत्मनिर्भर भारत बनाउनका लागि आयात कम गर्नुका साथै आफ्नो क्षमता, रचनात्मकता र सिपलाई बढाउने काम गरिने उल्लेख गरे । प्रधानमन्त्री मोदीले किसानले उत्पादन गरेका सामान बिक्रि गर्ने सिमित दायराको अन्त्य भएको र किसानले आफ्नो उत्पादन विश्वका कुनैपनि ठाउँमा बिक्रि गर्न सक्ने बताए । नेशनल डिजिटल हेल्थ मिशनको घोषणा गर्दै प्रधानमन्त्री मोदीले यस मिशनले भारतको स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति ल्याउने बताए । साथै कोरोना महामारीलाई ध्यानमा राखी भारतले तीन वटा खोपको विकास गरिरहेको पनि उनले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्