सिन्धुपाल्चोकको पहिरो पीडितको राहत र पुनस्र्थापनाबारे सभामुख र गृहमन्त्रीबीच छलफल – Kanika Khabar
Friday, April 26Nepali News Portal

सिन्धुपाल्चोकको पहिरो पीडितको राहत र पुनस्र्थापनाबारे सभामुख र गृहमन्त्रीबीच छलफल

    मा प्रकाशित

कनिका खबर
भदौ १, काठमाडौं
सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापाबीच सिन्धुपाल्चोकका पहिरो पीडितहरुलाई राहत र पुर्नस्थापनाको विषयमा छलफल भएको छ । हिजो सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले जिल्लामा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको र एक सयभन्दा बढी घरपरिवार विस्थापित भएकोले उनीहरुलाई पुर्नस्थापित गर्ने विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउनुुभयो । उहाँले २०७१ साउन १७ गते गएको जुरे पहिरोका पीडितका लागि सर्वसाधारणबाट उठेको सहयोग रकम वितरणको लागि निर्णय गर्न भइरहेको ढिलाइबारे समेत चासो राख्नुभएको थियो ।

गृहमन्त्री थापाले बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई आर्थिक राहत प्रदान गरिने र बिस्थापितको पुनस्र्थापनाका लागि छिटोभन्दा छिटो काम थालिने जानकारी दिनुभयो । साथै, गृहमन्त्री थापाले जुरे पहिरो पीडितका लागि सर्वसाधारणबाट उठेको रकम वितरणसम्बन्धी निर्णयका लागि आफूले पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । साउन ३० गते सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–२ लिदिमा गएको पहिरोमा परेका ३९ जनामध्ये हिजोसम्म १९ जनाको शव फेला परेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्