गढीमाई बाहिनीका ४२ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Friday, April 26Nepali News Portal

गढीमाई बाहिनीका ४२ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौ २, चितवन
चितवनको राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरूमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ ।

बाहिनीका आठ जनामा पनि कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिनुभयो । ६० जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको हो । ९ जनालाई ज्वरो आएकोमा निको हँुदै गएर सोमबार साँझ एक जनालाई मात्र ज्वरो बाँकी रहेको उहाँले जानकारी दिनुभयो । बाहिनीमा ३०० भन्दा बढी सशस्त्र प्रहरी रहेका छन् । गएराति कोभिड–१९ प्रयोगशालामा आएको नतिजाअनुसार ५० सङ्क्रमितमध्ये ४६ चितवनका रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्