कनिका खबर
भदौ २, नुवाकोट
नुवाकोटमा कोरोना सङक्रमितको संख्या बढिरहेकोछ । हिजोसम्म विदुर र वेलकोटगढी नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा ७० जनामा कोरोना सङक्रमण पुष्टि भएकोछ । टेकुमा परिक्षण गर्दा पुर्वी भेगमा रहेको तादी गाउंपालिकाका १ जना ३५ वर्षिय पुरुष र पश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिकाका ३७ वर्षिय अर्का एक पुरुषमा कोरोना सङक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
काठमाडौको टेकुमा गरिएको पिसिआर परिक्षणमा दुवै जनामा कोरोना पोजेटिभ देखिएको हो । किस्पाङका युवक काठमाडौमै घरमा आइसोलेसनमा बसेकाछन् । योसँगै नुवाकोटमा कोरोना सङक्रमितको संख्या ७० पुगेको छ भने ५४ जना निको भएर घर फर्किएकाछन् । नुवाकोटका १७ जना संक्रमितमध्ये सात जनाको नुवाकोट जिल्ला अस्पताल त्रिशूली, ६ जनाको काठमाडौका विभिन्न अस्पताल र चार जनाको तादीस्थित खरानीटार अस्पतालमा उपचार भइरहेको छ ।