आज थप १ हजार १६ जनामा कोरोना पुष्टि – Kanika Khabar
Friday, April 26Nepali News Portal

आज थप १ हजार १६ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौ २, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा मंगलबार थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १० हजार ५६३ रहेको छ भने १३ हजार ९२६ जना क्वारअन्टिनमा रहेका छन् ।

डा गौतमका अनुसार झापाका २१ जना, खोटाङका १ जना, मोरङका १०८ जना, ओखलढुंगाका १ जना, पाँचथरका १ जना, सुनसरीका ८ जना, उदयपुरका २ जना,संखुवासभाका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ भित्रका जिल्लाहरु बारामा ४२ जना, धनुषाका ६४ जना, महोत्तरीका २४ जना, पर्सामा १२८ जना, रौतहटका ३७ जना, सप्तरीका ३ जना, सर्लाहीका १०७ जना, सिराहाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा भक्तपुरका १७ जना, चितवनका ४९ जना, धादिङका २ जना, दोलखाका २ जना, काठमाडौंका १३८ जना, काभ्रेका २१ जना, ललितपुरका ५० जना, मकवानपुरका ३० जना, सिन्धुलीका एकजना, सिन्धुपाल्चोकका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार गण्डकी प्रदेशका जिल्लाहरुमा बाग्लुङका ३ जना, गोरखाका २ जना, कास्कीका १६ जना, लमजुङका १ जना, नवलपरासी पूर्वका ४ जना, स्याङ्जाका १ जना र तनहुँका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरु बाँकेका ६ जना, बर्दियाका ९ जना, दाङका १ जना, कपिलवस्तुका १९ जना, नलवपरासी पश्चिमका १ जना, रोल्पाका १ जना र रुपन्देहीका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा दैलेखका ५ जना, रुकुमपश्चिमका १ जना, सुर्खेतका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुदुरपश्चिमका जिल्लाहरुमा दार्चुलाका २ जना, डोटीका ४६ जना, कैलालीका १ जना र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्