राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन – Kanika Khabar
Sunday, March 15Nepali News Portal

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

    मा प्रकाशित

कनिका खबर
भदौ २, काठमाडौं

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिवारिक सदस्य अशेष शर्माले सेतोपाटीलाई जानकारी दिए।

शर्माका अनुसार घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी छ। अन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको पनि उनले जानकारी दिए।

१ सय १ वर्षीय घिमिरेको लैनचौर स्थित निवासमा निधन भएको हो। स्वासप्रश्वासमा समस्या देखिएपछि विगत ४ महिनादेखि अक्सिजन दिएर उनको घरमै उपचार गरिएको थियो ।

घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।

घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्