जातिय विभेद गरी कुटपिट गर्ने चारजना पक्राउ – Kanika Khabar
Saturday, April 27Nepali News Portal

जातिय विभेद गरी कुटपिट गर्ने चारजना पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौ ४, कालिकोट

कालिकोटमा जातिय विभेद गरी कुटपिट गर्ने चार जना पक्राउ परेका छन् । जिल्लाको शुभकालिका गाउँपालिका ८–का पदम विकका २२ वर्षका छोरा पंख विकलाई जातीय विभेद गरी कुटपिट गर्ने स्थानीय चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको हो । पक्राउ पर्नेमा शुभकालिका गाउँपालिका पाँच निवासी २६ वर्षका कमल शाही, २७ वर्षका युवराज शाही, वडा नम्बर ६ का २२ वर्षका अर्जुन शाही, वडा नम्बर आठका १९ वर्षका दिनेश सेजुवाल रहेका जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख, प्रहरी नायव उपरिक्षक, डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु विरुद्ध जातीय भेदभाव तथा कुटपिट मुद्धा दर्ता गरी जिल्ला अदालत कालिकोटबाट १५ दिन म्याद थप गरिएको छ । घटनाको बारेमा विस्तृतरुपमा अनुसन्धान सुरु गरिएको डिएसपी ओलीयाले बताउनुभयो ।

शुभकालिका गाउँपालिका सात मच्चेबारीमा रहेको मष्टो धवलपुराको मन्दिरमा साउन २६ गतेको पूजामा दर्शन गर्न जाँदा बीच बाटोमा दलित भएर देवताको दर्शन गर्न जाने भन्दै दुव्र्यवहार गरी विकमाथी कुटपिट भएको थियो । घाइते विकका बुवाले दिएको जाहेरिका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित विकको खुट्टा र शरीरका विभिन्न भागमा निल डाम देखिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्