खरिपाटीको क्वारेन्टाइन दुई सय शैयाको आइसोलेशनमा परिणत – Kanika Khabar
Sunday, July 20Nepali News Portal

खरिपाटीको क्वारेन्टाइन दुई सय शैयाको आइसोलेशनमा परिणत

    मा प्रकाशित

कनिका खबर
भदौ ४, भक्तपुर
सरकारले चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्नका लागि गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनलाई आइसोलेशनमा परिणत गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका सातको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनलाई दुई सय शैयाको आइसोलेशन बनाएर सञ्चालनमा ल्याइएको हो । सरकारले कोरोना हब अस्पतालको रुपमा राखेको भक्तपुर अस्पताललाई आइसोलेशन तयार पार्न भनेपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा वीर दल गण सूर्यविनायकको सहयोगमा खरिपाटी क्वारेन्टाइन भवनलाई आइसोलेशनमा परिणत गरेको भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतमले जानकारी दिनुभयो ।

भक्तपुर अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको समन्वयमा चिकित्सकसहित सात जनाको स्वास्थ्य टोली खटाइएको डाक्टर गौतमले बताउनुभयो । तीन अस्पतालले एक विशेषज्ञ चिकित्सक, अरु दुई डाक्टर, दुई नर्स, एक जना ल्याब टेक्निसियन र एक हेल्परसहित एउटा टिममा सात जना रहने गरी तीन वटा टिम तयार पारेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्