किशान श्रेष्ठ, महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध अपहरणको उजुरी दर्ता – Kanika Khabar
Thursday, September 28Nepali News Portal

किशान श्रेष्ठ, महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध अपहरणको उजुरी दर्ता

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख २२, दाङ ।

जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवले किशान श्रेष्ठ, महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध दिएको अपहरणसम्बन्धी जाहेरी जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दर्ता गरेको छ । जाहेरी दर्ता भएको सरकारी वकिल कार्यालयका प्रमुख एवं सहन्यायाधीवक्ता हरि रेग्मीले बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौं तथा सरकारी वकिलको कार्यालयले समेत यसअघि जाहेरी लिन मानेको थिएन । मानव अधिकार आयोगमा समेत यादवको समुहले उजुरी दर्ता गराइसकेको छ ।

कानूनमा भएको व्यवस्था अनुसार, जाहेरी तत्काल प्रहरीमा पठाइदिने प्रमुख रेग्मीले बताए । ‘निवेदन कानून बमोजिम नै प्रहरीमा पठाइदिने हो’ उनले भने, ‘प्रहरीको अनुसन्धान प्रतिवेदन पश्चात अध्ययन गरेर अघि बढ्ने हो ।’

उता सोमबार नै यादवले आरोप लगाएको तीनजना पूर्वप्रहरी महानिरिक्षक सवेन्द्र खनालसहित सांसद किसान श्रेष्ठ र पूर्वमन्त्री महेश बस्नेतको टोलीले समेत मानव अधिकार आयोगमा निवेदन दर्ता गराएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्