विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीत भक्तपुरका कोरोना सङक्रमितको नामसहितको विवरण सामाजिक सञ्जालमा सार्वजनिक – Kanika Khabar
Friday, April 26Nepali News Portal

विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीत भक्तपुरका कोरोना सङक्रमितको नामसहितको विवरण सामाजिक सञ्जालमा सार्वजनिक

    मा प्रकाशित

सुबास चौलागाई
भदौ ५, भक्तपुर ।
भक्तपुरको मध्यपुर थिमि नगरभित्रका कोरोना संक्रमितको विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रुपमा तयार गरेको मापदण्ड अनुसार सङक्रमितको विवरण गोप्य हुनुपर्ने भए पनि मध्यपुर थिमि नगरभित्रका सङक्रमितको नाम र ठेगानासहितको विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । विवरण कसरी सार्वजनिक भयो भन्ने विषयमा बुझ्न खोज्दा कुनै निकायले जानकारी दिएको छैनन ।

यद्यपि नगरपालिकाले छानविन गरी दोषीलाई कारवाही गर्ने जनाएको छ । नामसहितको विवरण सार्वजनिक भएकोबारे आफुलाई जानकारी नै नभएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिझारले बताए । उहाले यस बारेमा छानविन गर्ने बताउनुभयो । सङक्रमितको नामसहितको विवरण सार्वजनिक हुनु गम्भीर लापरवाही भएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । उनले जनप्रतिनिधिको सामुहिक म्यासेन्जर ग्रपबाट सार्वजनिक भएको हुनसक्ने जानकारी दिँदै यसबारेमा छानविन हुने बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्