प्रतिष्ठानमा गरिएको परीक्षणमा ८२६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, शुक्रबार थप ३ जनामा कोरोना पुष्टि – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्रतिष्ठानमा गरिएको परीक्षणमा ८२६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, शुक्रबार थप ३ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौ ६, दाङ ।
हिजो शुक्रबार दाङका थप ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणमा ३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको प्रतिष्ठानले बताएको छ । कोरोना सङ्क्रमणको आशङ्कामा लमही, घोराही उपमहानगरपालिका र प्यूठानबाट सङ्कलन गरिएको नमुनामध्ये ६१ जनाको नमुना परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको हो । सङ्क्रमण पुष्टि हुनेमा घोराही उपमहानगरपालिका वडा नं. ६ का ३२ वर्षीय पुरुष, वडा नंं १५ को ३० वर्षीय महिला र वडा नंं १८ का २२ वर्षीय पुरुष रहेका छन् ।
लमहीमा सङ्कलन गरिएका ४७ वटा नमुनाको परीक्षण रिर्पोट निगेटिभ आएको छ । त्यसैगरी प्यूठानबाट सङ्कलन गरिएको ९ वटा नमुनाको परीक्षण पनि निगेटिभ आएको प्रतिष्ठानले बताएको छ । घोराही उपमहानगरपालिकाका विभिन्न स्थानबाट सङ्कलित ९९ वटा नमुनामध्ये ५ वटाको नमुना परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको हो ।
अहिलेसम्म प्रष्ठिानमा सङ्कलित १६ हजार ८६५ नमुनामध्ये १६ हजार ७०३ जनाको नमुना परीक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये ८२६ जनामा सङ्क्रण पुष्टि भएको छ । अझै १६२ जनाको पिसिआर परीक्षण गर्न बाँकी रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्