अमेरिकाको क्यालिफोर्नियामा आगलागि ६ जनाको मृत्यु, हजारौ बिस्थापित – Kanika Khabar
Friday, April 26Nepali News Portal

अमेरिकाको क्यालिफोर्नियामा आगलागि ६ जनाको मृत्यु, हजारौ बिस्थापित

    मा प्रकाशित

कनिका खबर
भदौं ६, दाङ
अमेरिकाको क्यालिफोर्नियास्थित पहाडी क्षेत्रमा आगलागी भएको छ । दर्जनौँ स्थानमा लागेको डढेलोले ६ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको पहाडी क्षेत्रदेखि सन फ्रान्सेस्कोको दक्षिण तथा पश्चिमसम्म दर्जनौँ स्थानमा फैलिएको डढेलोमा ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आगलागी पछिको तातो हावाले जनजीवन थप प्रभावित भएको छ । अहिलेसम्म सयौँ भवनहरु जलेका तथा हजारौँ भवनहरु जोखिममा परेको बताइएको छ ।

डढेलोले एक लाख ७५ हजारभन्दा बढी मानिस बिस्थापित भएका छन् ।डढेलो नियन्त्रणका लागि १० हजार भन्दा बढी अग्नि नियन्त्रक खटिए पनि नियन्त्रणमा आउन सकेको छैन । बरू डढेलो अझ बढी फैलदै गएको अग्नि नियन्त्रकहरूले जनाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्