महाकवि देवकोटा सङ्ग्राहलयको परियोजना प्रतिवेदन बनाउन प्रधानमन्त्रीको आग्रह – Kanika Khabar
Friday, April 26Nepali News Portal

महाकवि देवकोटा सङ्ग्राहलयको परियोजना प्रतिवेदन बनाउन प्रधानमन्त्रीको आग्रह

    मा प्रकाशित

कनिका खबर
भदौं ८, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्जमा स्थापना हुने ‘महाकवि देवकोटा सङ्ग्राहलयको विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनाउन नेपाल प्रज्ञा–प्रतिष्ठानलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलाई प्रधानमन्त्री ओलीले यस्तै आग्रह गरी कोरोना महामारीका कारण तत्काल बजेट निकासा नभए पनि सो कार्यक्रमलाई स्रोत अभाव नहुने वचन दिनुभयो । भेटमा साथमै रहनुभएका अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवकै परियोजनालाई आवश्यक बजेटको व्यवस्था गर्न निर्देशन दिनुभएको कुलपति उप्रेतीले जानकारी दिनुभयो । विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महाकवि देवकोटाको जीर्ण जन्मघरलाई सङ्ग्राहलय बनाइने घोषणा गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्