भक्तपुरमा कोभिड १९ सङ्क्रमित सङ्ख्या २७३ पुग्यो – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

भक्तपुरमा कोभिड १९ सङ्क्रमित सङ्ख्या २७३ पुग्यो

    मा प्रकाशित

कनिका खबर
भदौं ८, भक्तपुर
भक्तपुरमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या दुई सय ७३ पुगेको छ भने दुई जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्य एक सय १० महिला र १ सय ६३ पुरुष छन् । मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका एक पुरुष र एक महिला छन् । भक्तपुरका सङ्क्रमितमध्ये सबैभन्दा धेरै मध्यपुर थिमि नगरपालिकामा छन् ।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार मध्यपुर थिमि नगरपालिकामा ९९, भक्तपुर नगरपालिकामा ३६, सूर्यविनायक नगरपालिकामा ७३ र चाँगुनारायण नगरपालिकामा २० जना सङ्क्रमित छन् । भक्तपुर रहेका सङ्क्रमितमध्ये १७ जना खरिपाटी क्वारेन्टाइनका छन् भने बाँकी सशस्त्र प्रहरी बल गुह्येश्वरी गणका जवानहरु छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्